नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
१९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीचको छलफल सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । वार्तामा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए । श्रोतका अनुसार दुबै अध्यक्ष मिलेरै अघि बढ्नेमा सहमत भएका छन् ।
विवाद समाधानका लागि विविध विकल्पमा छलफल भएको ती नेताले बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीेले आफ्ना अडान कायम राखे पनि यसअघि भन्दा केही लचक भएको उनको भनाइ छ ।
बिहीबार नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अन्तिम पहलका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् ।
यो समाचार पनि पढ्नुहोस्
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो समय देखिएको विवादलाई लिएर बिहीबार साँझ सरकारी निवास बालुवाटारमा युवा, विद्यार्थीसँग छलफल गरेका छन्।
पाटन दरबार परिसरमा अनसनमा बसेर बिरामी परेपछि ह्याम्स अस्पतालमा भर्ना भएकालाई भेटेर बालुवाटार फर्किएपछि उनले नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गर्दै आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार रहेको बताएका छन्।
युवा-विद्यार्थीका नेताहरुलाई बालुवाटार सम्बोधन गर्दै ओलीले अहिले पार्टीमा देखिएको विवादका कारण अलमलमा नपर्न पनि निर्देशन दिए।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०