तारकेश्वर नगर खेलकुद समिति गठन

 १९ असार २०७७, शुक्रबार १८:४०   | न्यूज अफ टोखा

तारकेश्वर नगर खेलकुद समिति गठन

१९ असार, काठमाडौ । तारकेश्वर नगरपालिका भित्र  खेलकुद क्षेत्रको बिकास र बिस्तार गर्ने उद्देश्यसाथ नगर खेलकुद समिति गठन गरिएको छ ।


वडा नं ८ का वडा अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा ७ सदस्यीय नगर समिति गठन गरिएको हो ।

नगरसमितिको पदाधिकारीहरुमा माधव बद्री फुँयाल , सदस्य सचिवमा शिक्षा शाखा अधिकृत र सदस्यहरुमा गौरी शंकर राणा , प्रमेश धिताल ,राजु के.सी , अनु अधिकारी रहेका छन ।
अनु अधिकारी सार्क खेलकी करातेबाट गोल्ड मेडलिस्ट हुन ।

तारकेश्वर नगर खेलकुद समसतका अध्यक्ष बलराम सिटौलाले भौगोलिक अवस्था हेरेर १ वडा १ खेल मौदान निर्माण गरि नगरभित्रका खेलकुद र खेलाडीहरुको लगत संकलन गरेर खेलकुद श्रेत्रलाई प्रभावकारी बनाउने बताए ।

पछिल्लो समय नगर क्षेत्र खेलकुद हवका रुपमा चिनिन थालेको छ । एकपछि अर्को राष्ट्रिय स्तरका प्रतियोगितामा छनौट हुनका लागि युवा खेलाडी प्रोत्साहन , अभ्यास , प्रशिक्षण जस्ता कार्यहरु अघि बढाउन नगर खेलकुद समितिको प्रयास रहने अध्यक्ष सिटौलालले बताए ।

Facebook Comments

अन्तिम अपडेट: १९ असार २०७७, शुक्रबार १८:४०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया