मुटु चिर्ने शंकाहरु

 १९ असार २०७७, शुक्रबार १९:२९   | न्यूज अफ टोखा

मुटु चिर्ने शंकाहरु

घणश्याम श्रेष्ठ~

प्रत्येक रात,
तिम्रा याद हरुमा डुब्दा,
आँशुले सिरानी, भिजेको पीडा,
कि त, मलाई थाहा छ,
कि त, त्यो सिरानीलाई नै…….!

कहिले एता त, कहिले उता,
कोल्टे फेर्दै, घरि घरि,
निदाउने कोशिसमा आँखा,
बन्द गरे कि आउने, तिम्रो मुहारको झझल्कोहरु….!!

झकझकाई रहन्छन आँखाहरु,
निदरी भगाउने गरि,
डुबुल्की मार्न, बाध्य हुन्छन, मन त्यसै,
पौडिएर तिम्रा, उत्रन नसकिने, सम्झनाका गहिराईहरु……. !

विश्वास, गर या नगर,
साँच्चै, म घायल छु, घायल,
तिम्रो मुस्कान जस्तै,
आफै, हराई जाने, आउँछन तिम्रा ती, अटुट यादहरु …..!!

नसोध मलाई, घरि घरि,
याद कति, आउँछन मेरा भनि,
नकोट्याऊ, मलाई सधै भरि,
माया कति, लाग्छन मेरा भनि,
के थाहा,
कति भरिएर, छरिएका छन्, मन भरि, तिम्रै मायाका सागरहरु..!

बुझेर हो कि, वा अबुझ बनेर,
गरि रहने, ती अनेक प्रश्नहरु,
चित्तबुझ्दो, जबाफको पर्खाईमा,
टोलाई रहेछन् , एकोहोरो, मलाई हेर्दै, ती कातिल नजरहरु..!!

के थाहा, नाटक पो, हुन् कि मेरा,
प्रत्येक रात, तिम्रा याद हरुमा डुब्ने कुरा,
आँशुले सिरानी, भिजेको पीडा,
गरि रहने, यस्तै यस्तै, अनगिन्ती तिम्रा, मुटु चिर्ने शंकाहरु…. !

दुख लाग्छ, अनि चोट पनि,
मुटु भरि छिया छिया, प्वाल पर्ने गरि,
बग्छन रगत, आँशुका भेल बनि,
सहनै नसकिने, पिडा हुन्छ मनमा, छछल्किएर भरिन्छन आँखाहरु ..!!

Facebook Comments

अन्तिम अपडेट: १९ असार २०७७, शुक्रबार १९:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया