आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
२० असार, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध नेपाल मजदुर किसान पार्टीले आज टोखामा विरोध र्यालि निकालेका छन् ।
नेमकिपा टोखा नगर समितिको आयोजनामा आयोजित विरोध र्यालि टोखाको गणेशस्थानबाट शुरु भई सरस्वती मन्दिर परिसदमा पुगेर कोणसभामा परिन्त भएको थियो ।
आयोजित विरोध र्यालिमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै खारेज गर्नु पर्ने कारणहरु उल्लेख गरिएको नाराहरु लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।
विरोध र्यालिमा सहभागीहरुले एसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकोले नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमान गर्ने कुनै कार्य नगर्न सरकारलाई सचेत गराइएको थियो ।
एमसीसीको विरुद्धमा आयोजित बिरोध र्यालि तथा कोण सभालाई बिभिन्न नेताहरुले सम्बोधन गर्नेक्रममा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले एमसीसी सम्झौता गरेर देशमा अमेरिकी सेनाको उपस्थिति भित्र्याउने प्रपञ्च रचेको आरोप समेत लगाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य सनकमान महर्जन अतिथिहरु नेमकिपा केन्द्रीय सदस्य राजबीर डंगोल, बैकल्पिक केन्द्रिय सदस्य राजेन्द्र चवाल, नेक्राबिसं केन्द्रिय उपाध्यक्ष रमेश प्रजापति, सभापति नेमकिपा टोखा नगर समिति अध्यक्ष रबिन्द्र डंगोल लगायतले सभामा सम्वोधन गरेका थिए ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९