चण्डेश्वरी माध्यामिक विद्यालयमा वृक्षारोपण

 २० असार २०७७, शनिबार ०९:४१   | न्यूज अफ टोखा

चण्डेश्वरी माध्यामिक विद्यालयमा वृक्षारोपण

२० असार, काठमाडौं । शनिवार श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिका २ गलय स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालय व्यवस्थापन समितिको आयोजना तथा टोखा ईन्द्रायनिक वन उपभोक्ता समितिको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।


टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल टोखा २ का वडा सदस्य पञ्चकुमारी श्रेष्ठ वृक्षारोपण गर्दै ।

विद्यालयलाई सफा, स्वच्छ, सुन्दर तथा पर्यावरणमैत्री बनाउनुका साथै विद्यार्थीलाई पठनपाठन तथा प्रयोगात्मक क्रियाकलापमा सहज होस् भनेर बिद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको सहयोगमा बिभिन्न खाले बिरुवा रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

टोखा ईन्द्रायनिक वन उपभोक्ता समितिको सहयोगमा १५० वटा तथा २ वडाका जनप्रतिनिधि हेराकाजी डंगोलले स्थानिय तथा अन्य प्रजातिका फुल तथा बिरुवा ल्याएर विद्यालय परिसरमा बृक्षारोपण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल कार्कीले जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तरमा सुधारका साथै भौतिक पुर्वाधारहरुको समेत व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समिति सक्रियताका साथ लागि परिरहेको टोखा नगरपालिका वडा नं २ का जनप्रनितिधि तथा विद्यालयको सुधार तथा व्यवस्थापनकालागि सक्रियका साथ खतिरहेका हेराकाजी डंगोलले बताए ।


उक्त कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, कानुनी सल्लाहकार सत्यनारायण डंगोल, २ वडा सदस्य पञ्चकुमारी श्रेष्ठ, देवराज डंगोल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २० असार २०७७, शनिबार ०९:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया