आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
२० असार काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका भित्र ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ४ फुलबारी गेटकी ५२ वर्षिया महिला, नेपालटारकी २६ वर्षिया महिला र तारकेश्वर वडा नं. ९ मनमैँजुको मिलिजुली टोलमा बस्ने २४ वर्षिया सदिक्षा सापकोटामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार फुलबारी गेटकी ५२ वर्षिया महिला त्यहिँकी स्थानिय भएको र असार १५ गते नियमित स्वास्थ्य जाँच गराउन काठमाडौँकै एक हस्पिटलमा गएको र असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।
यसैगरी, नेपालटारकी २६ वर्षिया महिला नुवाकोटबाट असार १४ गते काठमाडौँ आएकी थिइन् । उनको पनि असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मनमैँजुकी २३ वर्षिया महिला काठमाडौँको ह्याम्स अस्पतालमा कार्यरत रहेको खुलेको छ । गोरखाबाट आएर १४ दिन होम क्वारेन्टिनमा बसेकी उनको असार १८ गते कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९