एमसीसीका भूतहरू ! !

 २१ असार २०७७, आईतवार १९:५४   | न्यूज अफ टोखा

एमसीसीका भूतहरू ! !

जति सुन्दर र मिठास छ एमसीसी
त्यति नै खतरनाक र भयानक छ यो !
विश्व साम्राज्य आफ्नै बनाउने सपना बोकी
उपनिवेश र नवउपनिवेशवादको जालो फिजाई
आफ्नो शस्त्र अस्त्रको सञ्जालबाट
सार्वभौम स्वतन्त्र  राष्ट्रहरूलाई खण्डित बनाउँदैछ।
बिलय भएको छैन हेर विश्व इतिहास
मानव नरसंहारको द्योतक हो एमसीसी !
इरान, इराक, सिरिया, लिबिया, अफगानिस्तान हेर
स्वर्ग र समृद्धि भन्दा भन्दै
युद्धभूमि र आतंकको क्रीडास्थल बाहेक
अरु त केही हुनै सकेन !
केबल त्यहाँ 
बम, बारुदको प्रयोगशालाका कारण
आतंक र लासको सहर बनेको छ हेर !
मानव बधशाला र रगतको आहालमा
परिणत भएको छ हेर !
यति बेला सारा जगत,
कोरोना कहरसंग जुद्धै गरेको बेला
नेपाल एमसीसीमय भएको  छ !
यहाँका शासकहरू
एमसीसीको गुनगान गाईरहेका छन् !
पल पल एमसीसीको भूत बनेर
जनता तर्साइरहेका छन् !
अनेक बहाना र प्रपञ्च रचि
सत्ता र सक्ति जोगाउने खेल खेल्दै छ।
सस्तो लोकप्रियताको नाटक मञ्चन गरी
खोक्रो राष्ट्रवादको आडम्बर देखाई
देश र जनतालाई झुक्याई रहेको छ ।
साम्राज्यवाद र विस्तारवादको आशीर्वादले
देश नै बिलय गर्न खोज्दैछन् यहाँ ।
खोक्रो सपना देखाई देखाइकन देशलाई नै
बन्दकीमा राख्ने प्रयास गरिरहेका छन !
खबरदार !
एमसीसीका एजेन्टहरु !
एमसीसीका तलुवाहरू !!
जनता त्यतिकै बसेको छैन !
एमसीसी खारेजीको माग गर्दै जनलहर उर्लेको छ !
स्वतन्त्र र सार्वभौम नेपाललाई यो स्वीकार्य  पनि छैन !
कुनै पनि बहानामा
नेपाललाई अर्को लिबिया र सिरिया बनाउन पाउने छैन !
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको
च्रकव्यूहमा हामी स्वाभीमानी नेपाली फस्ने छैनौं !
                                                                                     

शैलेश डंगोल
२०७७/०३/२०

Facebook Comments

अन्तिम अपडेट: २१ असार २०७७, आईतवार १९:५४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया