भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
२१ असार , काठमाण्डौ ।कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन हुने भएको छ। यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने भएको छ ।कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि पनि खुवाउने गरिन्छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाको जोरपाटि स्वास्थ्य चौकीले आफ्नो कार्य क्षेत्रका निम्न केन्द्रहरु बाट ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ।
कोरोना भाइरसको महामारीलाइ मध्यनजर गर्दै समयको पालना तथा अभिभावकले मास्क र सामाजिक दुरी सहित आफ्ना बालबालिकालाइ केन्द्रमा लैजानको लागि जोरपाटी स्वास्थ्य चौकी प्रमुख ललिता लामाले अनुरोध गरेकी छिन। उनले बिहान १० बजे देखि ४ बजे सम्म निम्न केन्द्रमा भिटामिन ए र जुकाको औषधि खुवाइने पनि जानकारी गराइन ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ को लागि गोकर्णेश्वर नगरपालिका वडा नं ५ को वडा कार्यलय, शंकरापुर अस्पताल, र अर्थोपेडिक अस्पतालमा केन्द्र राखिएको छ।त्यस्तै वडा नं ६ को लागि नयाँबस्ति युवा क्लब, र सर्वेश्वर मन्दिरमा केन्द्र राखिएको त्यसै गरि वडा नं ७को लागि ग्रामिण स्वास्थ्य केन्द्र (दक्षिण ढोका)
वडा नं ८ को लागि मेडिकल कलेज, कृष्ण मन्दिर, र गोकर्णेश्वर नगरपालिका छहारी युवा क्लबमा केन्द्र राखिएको छ ।वडा नं ९ को लागि रक्तकाली युवा क्लब र जोरपाटी स्वास्थ्य चौकी कायम गरिएको पनि उनले जानकारी गराइन। ६ महिनादेखि ५वर्ष सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३