आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा
सोसल मिडिया कम्पनी फेसबुकले टिकटकलाई टक्कर दिने भनिएको आफ्नो एउटा एप Lasso बन्द गर्दैछ ।
फेसबुकले सन् २०१८ मा उक्त एप ल्याएको थियो र विश्वका विभिन्न देशहरुमा उपलब्ध थियो । खासगरी अमेरिका, कोलम्ब्यिा, मेक्सिको, अर्जेन्टिना, चिली, पेरु, पनामा, कोस्टारिका तथा उरुग्वे लगायतका देशमा ल्यास्सो एप उपलब्ध थियो । तर आगामी जुलाई १० देखि सो एप बन्द हुने जानकारी फेसबुकले मेसेज मार्फत प्रयोगकर्ताहरुलाई गराएको छ ।
ल्यास्सो एप बन्द हुनु अगावै प्रयोगकर्ताहरुले त्यसमा रहेका आफ्ना डाटा तथा भिडियोहरु सुरक्षित राख्न सक्नेछन् ।
स्मरण रहोस् लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलाई टक्कर दिनका लागि फेसबुकले सो एप लञ्च गरेको थियो । टिकटकमा जस्तै यस एपमा पनि प्रयोगकर्ताहरुले १५ सेकेण्ड सम्मको भिडियो बनाउन सक्दछन् ।
टिकटकले चरम सफलता प्राप्त गरिरहँदा फेसबुकको उक्त एपले खासै चर्चा पाउने सकेको थिएन । साथै फेसबुकले यसलाई विश्वव्यापी बनाउन पनि सकेन । अन्ततः आफ्नो उक्त सर्भिसलाई बन्द गर्ने निर्णयमा फेसबुक पुगेको हो ।
ल्यास्सो एप बन्द भएसँगै अब फेसबुकले इन्स्टाग्राम रिलमार्फत टिकटकसँग टक्कर गर्नेछ । इन्स्टाग्राम रिल ब्राजिलमा लञ्च भैसकेको छ । ब्राजिलमा यसलाई Cenas नामबाट लञ्च गरिएको छ। ल्यास्सो एप बन्द भएपछि फेसबुकले इन्स्टाग्रामको उक्त एपलाई व्यापक रुपमा लञ्च गर्नसक्ने अनुमान गरिएको छ ।
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९