गोङ्गबुको एक ग्यारेजमा आगलागी हुँदा १२ माइक्रोबस जले

 २१ असार २०७७, आईतवार ११:५७   | न्यूज अफ टोखा

२१ असार, काठमाडौं । गोङ्गबुको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ ।   आइतबार बिहान  एकै ठाउँमा रोकेर राखेको १२ वटा माइक्रोबसमा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ ।

गोङ्गबुमा रहेको ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । यस्तै  बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २१ असार २०७७, आईतवार ११:५७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया