असारे विकासः फैडोल-मालुङ्गका सर्वसाधारण सास्ती खेप्दै

 २२ असार २०७७, सोमबार १७:०३   | न्यूज अफ टोखा

२२ असार, काठमाडौं । फैडोल – मालुङ्गका सर्वसाधारण यतिवेला आवतजावतमा सास्ती खेप्न बाध्य भएका छन् ।

असार लागेसँगै फैडोलमा बाटोको सिमाङ्कण गर्नेक्रममा खोला र बाटो छुट्याउन ढुङ्गाको वाल बनाएको थियो । तर काम सकेको स्थानमा उचित व्यवस्थापन गर्न नसक्दा बाटो हिलाम्मे भै हिडडुल गर्न समेत मुस्किल भएको स्थानीयहरू बताउँछन् ।

यतिबेला सामान्यतया मानिसहरु पर्खालमाथीबाट हिडडुल गरिरहेका छन् । तर भारी बोकेर त्यहि हिलाम्मे बाटोबाट हिड्नु पर्ने बाध्याता रहेको छ ।

जब असार लाग्छ तब ठेकेदारहरूले रातारात काम सुरू गर्नु नेपालीको लागि कुनै नौलो कुरा होईन । काम सम्पन्न भैसकेका स्थानमा आवगमन सहज गर्न तत्कालै बाटो व्यवस्थित गर्ने कार्य अगाडि बढाउन सम्वन्धित निकायसँग स्थानीयबासीहरुले माग गरेका छन् ।

फैडोल- मालुङ्ग सडक खण्डमा असार लागेसंगै अहिले निर्माण कार्य रातारात भैरहेको छ । कहि वाल त कहि बाटो टालटुल गर्ने । तर जुनरुपमा व्यवस्थित तवरले कार्यसम्पादन गर्नुपर्ने हो, त्यसो भने भै नरहेको समेत स्थानीयहरुको गुनासो छ ।

Facebook Comments

अन्तिम अपडेट: २२ असार २०७७, सोमबार १७:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया