काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिए

 २२ असार २०७७, सोमबार १७:३२   | न्यूज अफ टोखा

२२ असार, काठमाडौं । आज ठूलो संख्यामा काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना,ललितपुरमा २० जना र भक्तपुरमा १० जना कोरोना संक्रमित पुष्टि भएको हो ।

हिजो मात्र उपत्यकामा ३० जना संक्रमित थपिएका थिए । आज १८० जना थपिएसँगै  संक्रमितको संख्या १५९६४ पुगेको छ ।

Facebook Comments

अन्तिम अपडेट: २२ असार २०७७, सोमबार १७:३२

तपाईको प्रतिक्रिया