नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

 २२ असार २०७७, सोमबार १५:३६   | न्यूज अफ टोखा

२२ असार, काठमाडौँ । नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २२ असार २०७७, सोमबार १५:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया