टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
२२ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको बार्सिलोनाले भियारियालालई ४-१ ले पराजित गरेको छ ।
कप्तान लिओनल मेसीले दुई असिस्ट गरेको खेलमा लुइस सुअरेज, एन्टोनी ग्रिजमन र अशु फाटीले बार्सिलोनाका लागि गोल गरेका थिए । मेसीको गोल भने भिएआरले मान्यता दिएन । जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँग अंक दूरी फेरि ४ मा झारेको छ ।
भियारियालको घरेलु मैदानमा पाउ टोरेसले आत्मघाती गोल गर्दा खेलको तेस्रो मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो । १४औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए । तर त्यसको ६ मिनेटपछि नै सुअरेजले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए ।
सुअरेजको गोलले भिएआर परिक्षणपछि मान्यता पाएको हो ।यस्तै पहिलो हाफको अन्तिम समयमा ग्रिजमनले बार्सिलोनाको लागि तेस्रो गोल गरे । यस गोलमा पनि मेसीले नै असिस्ट गरे । ६९औं मिनेटमा कप्तान मेसीले गोल गरेका थिए । र भिएआरले उक्त गोललाई मान्यता दिएन । ८६औं मिनेटमा अंशु फाटीले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।
जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ । समान खेलबाट रियल मड्रिडको ७७ अंक छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०