टोखा नगरपालिकामा “हामी युवा हाम्रो सान -एक वडा एक खेलकुद मैदान”

 २७ असार २०७७, शनिबार १४:३३   | न्यूज अफ टोखा

टोखा नगरपालिकामा “हामी युवा हाम्रो सान -एक वडा एक खेलकुद मैदान”

असार २७, काठमाडौं । टोखा नगरपालिकामा “हामी युवा हाम्रो सान -एक वडा एक खेलकुद मैदान” अभियान संचालन हुने भएको छ। टोखा नगरपालिकाको सातौ नगर सभामा नगर प्रमुख प्रकास अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको युवा तथा खेलकुद शिर्षकमा यो अभियान संचालन गर्ने उल्लेख गरिएको छ।

त्यस्तै टोखा नगरपालिकामा युवाहरुलाई परिचालन गर्दै युवाको जाँगर समृद्ध नगर अभियान संचालन गर्दै विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने योजना ल्याएको नगरपालिकाले खेलकुद क्षेत्रको प्रवर्धनका लागि मेयर कप खेलकुद आयोजना गर्ने योजना पनि अगाडी सारेको छ।

टोखामा रहेको भुतखेल मैदानलाई नगरपालिकाको महत्वपूर्ण खेल पूर्वाधारको रुपमा विकास गर्नका लागि बजेट व्यवस्थापन र अन्य कार्य संचालन गर्दै आएको टोखा नगरपालिकाले एकेडेमी हल तथा अन्य पूर्वाधार विकासका लागि संघीय र प्रदेस सरकार संग सहकार्य गर्ने नीति अवलम्बन गरेको नगर प्रमुख अधिकारीले बताएका छन।

त्यस्तै युवा लक्षित कार्यक्रमा तर्फ युवाहरुको रचनात्मक र सृजनात्मक क्षेमता विकासका लागि विभन्न कार्यक्रमा आयोजना गर्ने तथा दुर्व्यसनमा फसेका युवाहरुलाई पुनर्स्थापनाका लागि विशेष कार्यक्रम संचालन गर्ने योजना टोखा नगरपालिकाले ल्याएको छ।

Facebook Comments

अन्तिम अपडेट: २७ असार २०७७, शनिबार १४:३३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया