बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
असार २७, हेटौंडा । विभिन्न जिल्लामा बाढीपहिरोले धनजनको क्षति पुर्याइरहेको बेला वाग्मती सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापना गरिएको छ ।
वाग्मती प्रदेश विपद व्यवस्थापन सम्बन्धमा हेटौंडामा बिहीबार सरोकारावाला निकायबीच भएको आकस्मिक बैठकले प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापनाको निर्णय गरेको हो । इकाईको संयोजकत्वमा मन्त्रालयका अधिकृत छन् ।
समन्वय इकाईमा तीनवटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रतिनिधि, प्रदेश पत्रकार महासंघ, रेडक्रसलगायत सदस्य रहने छन् । समन्वय इकाईले बाढीपहिरोको जोखिम क्षेत्रमा रहेकाहरुलाई स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरेर स्थानान्तरण, उद्धार र राहतको समन्वय गर्ने जिम्मा पाएको छ ।
बैठकमा मध्यपृतना हेटौंडाका महासेनानी प्रकाश थापाले वाग्मती प्रदेशका सवै जिल्लाहरुमा नेपाली सेनाले विपद व्यवस्थापनको निम्ति जनशक्ति खटाएको र आवश्यक पर्ने उपकरणहरु तैनाथ गरेको जानकारी दिएका थिए । उनले विपदमा परेकाहरुको उद्धार र राहतका लागि चितवनमा मध्यपृतनाले हेलिकोप्टरसमेत राखेको जानकारी गराएका थिए । बैठकमा प्रहरी प्रहरी कार्यालय हेटौंडाका डिएसपी विज्ञान बस्नेतले विपद व्यवस्थापन गर्न प्रदेश प्रहरी कार्यालय मातहत विपद व्यवस्थापन गुल्मसमेत रहेको जानकारी गराएका थिए ।
त्यस्तै वाग्मती प्रदेश रेडक्रस शाखा अध्यक्ष भोला रुपाखेतीले प्रत्येक जिल्लामा रेडक्रसका शाखामा सय जनालाई पुग्ने गैरखाद्य सामग्री रहेको जानकारी दिएका थिए ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९