सप्तकोशीमा पानीको बहाव उच्च, ४० ढोका खोलियाे

 २७ असार २०७७, शनिबार ११:१२   | न्यूज अफ टोखा

२७ असार, सुनसरी । निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ ।

आज दिउँसो ३ बजेको मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २७ असार २०७७, शनिबार ११:१२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया