ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
२७ असार, काठमाडौं । तारकेश्वर नगरपालिका वडा न १ स्थित जगत कूँचिप्वाकल मोटरबाटो जग्गा प्लानिङको कारण सडक हिलाम्बे बनेको छ । जगत बसपार्क माथिको अब्यवस्थित प्लटिङ्गको कारण जगत बाट कुन्चीप्वाकल , नेपालथोक ढकाल चौर आउने बाटो अवरुद्ध भएको हो । सो स्थानमा जाने साङ्गला चुनीको बाटो समेत हिलाम्मे भएको कारण मोटर बाटो अवरुद छ । देशकै राजधानी काठमाडौ नजिक रहेको यो स्थान बिकाशका दृष्ट्रीले अत्यन्त पिछडीएको छ ।
प्लटीङ्गको दादागीरीकै कारण तिमिलिसना टोल , देबकोटा टोल , कुन्चीप्वाकल , नेपालथोक , सल्लेगाँउ , ढकालचौर , देवीस्थानका बासीन्दाहरुलाई आवत जावतमा कठिनाई भएको छ ।
यसैबिच सोही स्थानमा अवस्थित बालकुमारी महिला कृषि समूहले सडकमै धान रोपेर विरोध जनाएका छन् । पटक पटक प्लटिङ्ग र सरोकारवाल निकायमा उजुरी , गुनासो गर्दा समेत सुनुवाई नभएपछि दवाव स्वरुप सडकमै धान रोपीएको बालकुमारी महिला समूहकी अध्यक्ष सोभा देवकोटाले बताइन । उनले भनिन्, “पानी पर्दा सडक हिलाम्मे हुन्छ, घाम लाग्दा धूलो उडेर बस्नै नसक्ने भएपछि हामी बाटो बन्द गर्न बाध्य भएका हौं ।”
सिमित ब्यक्तीको स्वार्थका कारण पुरै गाउँबासीले सास्ती खेप्नु परेको र सडकको नाजुक अवस्थाका कारण एम्बुलेन्स समेत आउने बाटो नहुदा बिरामी लगायतका अत्यावश्यक सेवा प्रभावित भएको उनीहरुको भनाई छ ।
बर्खा को समयमा त्यहाँबाट गाड़ी मात्र नभएर मान्छे सम्म हिंडन नसकने अवस्था भएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८