ओली समूहसँग सहकार्य गर्ने पक्षमा देउवा
९ माघ २०७७, शुक्रबार १९:२३
न्यूज अफ टोखा
अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ ।
१ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ (एसएसडी) को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ ।
सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद कर्ताका लागि मात्र मूल्यसूचि प्रदान गर्ने गरेकोमा अहिले उक्त ड्राइभको मूल्य आम रुपमा सार्वजनिक गरेको हो ।
सो मेमोरी स्टोरेज ड्राइभको नाम Nimbus Data ExaDrive DC100 SSD हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ ।
कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत गर्ने कम्पनीको दाबी छ । यस ड्राइभमा क्लाउड स्टोरेज, बिग डाटा, डिजिटल इमेजिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा टेक्निकल कम्प्युटिङ जस्ता एप्लिकेसनहरु रहेको बताइएको छ ।
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०
९ माघ २०७७, शुक्रबार ११:०२
८ माघ २०७७, बिहीबार २२:२४
८ माघ २०७७, बिहीबार २०:४१