टोखा नगरपालिका : हरियाली बस्तीका ३ जनामा कोरोना संक्रमण पुष्टि

 २८ असार २०७७, आईतवार १६:२७   | सुबिन्द्र श्रेष्ठ

२८ असार काठमााडौं । टोखा नगरपालिका-६ को हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।

उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब नमुना संकलन गरेको हो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो । बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको हो।

Facebook Comments

अन्तिम अपडेट: २८ असार २०७७, आईतवार १६:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया