आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
३० असार, काठमाडौं । कोरोना सङ्क्रमणका कारण बिश्वमा गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै गएको छ । केही दिन अघिसम्म कुल बिरामीको दुई प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर एक प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार अहिले विश्वभर एक करोड ३२ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ४९ लाख ९३ हजारभन्दा धेरैको उपचार चलिरहेकोमा एक प्रतिशत अर्थात ५८ हजार ८ सय ८१ जनाको अवस्था जटिल रहेको र बाँकी ९९ प्रतिशत अर्थात ४९ लाख ४ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।
यस्तै कोरोनाबाट ७६ लाख ९६ हजारभन्दा धेरै उपचार पछि निको भएका छन् । ५ लाख ७५ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ३८ हजार जनाको ज्यान गैसकेको छ । १५ लाख ४९ हजारभन्दा धेरै निको भएका छन् ।
यस्तै ब्राजिलमा साढे १८ लाखमा सङ्क्रमण पुष्टि हुँदा साढे ७२ हजारको ज्यान गएको छ । यसैगरी ९ लाख जनामा सङ्क्रमण पुष्टि भएको भारतमा साढे २३ हजार भन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा २८ हजार नयाँ बिरामी थपिएका छन् भने ५ सय ४० जनाको ज्यान गएको छ ।
यसैबीच भारतको बैङलोरमा आजदेखि साउन ७ गतेसम्मका लागि फेरि लकडाउन गर्ने निर्णय भएको छ । आज बेलुकी ८ बजेदेखि साउन ७ गते बिहान ५ बजेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कर्नाटकमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै गएको भन्दै लकडाउन गर्ने निर्णय गरिएको खबरमा उल्लेख छ । कर्नाटकमा मात्रै तीन दिनमा १ सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९