कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघ्यो, २४ घण्टामा ११६ जनामा सङ्क्रमण

 ३० असार २०७७, मंगलवार १९:०३   | न्यूज अफ टोखा

३० असार, काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ 

पछिल्लो २४ घण्टामा एक सय १६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार ६१ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ । 

मङ्गलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्‍त भएर घर फर्किनेकाे सङ्ख्या १० हजार तीन सय २८ पुगेको छ । यस्तै पछिल्लाे २४ घण्टामा चार हजार तीन सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म दुई लाख ९३ हजार सात सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभरिका विभिन्न क्वरेण्टीनमा २४ हजार सात सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ३० असार २०७७, मंगलवार १९:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया