टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
स्पेनिस ला लिगामा रियल मड्रिड उपाधि नजिक पुगेको छ। सोमबार राति सकिएको खेलमा ग्रानाडा विरुद्ध दुई–एक गोल अन्तरको जित निकाल्दै रियल उपाधि नजिक पुगेको हो।
महामारीले केही महीना रोकिएको शुरु भएको लिगमा लगातार नौ जित निकाल्दै रियल उपाधि नजिक पुगेको हो। रियललाई उपाधि जित्न अब बाँकी दुवै खेलमा बराबर खेले पुग्नेछ। उपाधि संभावना नजिक बनाउन ग्रानाडा विरुद्ध रियलका स्ट्राइकर करिम बेञ्जिमा र फ्रान्सेली खेलाडी फल्र्याण्ड मेन्डीले गोल गरे।
खेल शुरु भएको दशौं मिनेटमै मेन्डीले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। रियलको यो पहिलो प्रहार थियो। पहिलो प्रहारमै अग्रता बनाएको रियलका लागि बेञ्जिमाले १६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। सिजनका लागि बेञ्जिमाको १८औं गोल हो।
यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। पहिलो हाफमा दुई–शून्यको अग्रता बनाएको रियल विरुद्ध दोस्रो हाफको पाँचौं मिनेटमै ग्रानाडाका लागि डर्विन मेचीसले गोल फर्काए। तर, थप गोल हुन नसक्दा रियल विजयी भयो।
जितसँगै लिग लिडर रियलले समान खेलमा बार्सिलोनालाई चार अंकले छोडेको छ। बिहीबार रियलले पाँचौं स्थानको भिल्लारियल विरुद्ध र आइतबार अठारौं स्थानको लेगानेस विरुद्ध खेल्दैछ। यी दुवै खेलमा रियलले बराबरी मात्रै खेले पनि उपाधि जित्नेछ।
तर, बार्सिलोनाले उपाधि जित्न भने उसले रियलले दुवै खेल गुमाउनुपर्नेछ भने बार्सिलोनाले दुवै खेल जित्नुपर्नेछ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०