भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
पेरिस ।विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।
त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या पनि दिन प्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
विश्वभरि सङ्क्रमित भएकाहरूमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरूको सङ्ख्या एक लाख ३९ हजार १४५ रहेको छ ।
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।
भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरूले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरूको सङ्ख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।
त्यसैगरी पाँचौमा पेरु, छैटाैँमा चिली, सातौँमा मेक्सिको, आठौँमा स्पेन, नवौँमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरू रहेका छन् । कतिपय देशहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी देखिए पनि विश्वभरिको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।रासस / एपी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३