आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाका नेवाः समुदायले गथांमुगः पर्व मनाउने गर्दछन् । नेवाः समुदाय भौगोलिक रुपमा देशका विभिन्न स्थानमा छरिएर रहेका छन् । परम्परा र संस्कृति रीतिरिवाज एकै भए पनि आफ्नो भूगोल अनुसार आफ्नै मौलिकता अनुसार चाडपर्वहरु मनाउने गर्दछ । यद्यपी तिनीहरुमा केही कुराहरु भने सामान्य नै रहन्छ ।
गथांमुगःलाई सरसफाई गर्ने पर्वको रुपमा समेत लिने गरिन्छ । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । गथांमुगःसंग नेवाः समुदायमा चाडपर्वहरुको आगमन सुरु हुने गर्दछ ।
गथांमुगः लाई टोखामा भूत धपाउने चाडका रुपमा मनाईन्छ । टोखाको थने लाछीमा रहेको नारायण मन्दिर परिसरमा गथांमुगः तयार गर्दछ र यहीबाट गथांमुगःलाई बिसर्जन गर्नका लागि विशेष यात्रा सुरु हुने गर्दछ ।
तलेजु गुठी अर्थात टोखा देय नायोको नेतृत्वमा गथांमुगः बनाउनका लागि छ्वाली तथा पराल संकलन गरी खड्गी जातिलाई दिइन्छ र कुस्लेले बाँधी गथांमुगःको रुपमा तयार गर्छन् । गथांमुगः तयार गरिसकेपछि त्यसलाई दबुःमा राखिन्छ विधिवत रुपमा सिस्नुले पिटेर आगो दिई गुठीका एक व्यक्तिले तान्छन् । यसक्रममा थनेलाछि र क्वोने लाछिका समूह वीच गथांमुगः तानातान गर्ने रमाइलो परम्परा पनि छ । यसरी तान्दा सर्वप्रथम थनेलाछिका समुहले तानेर कुदाउ छ जहाँसम्म उनीहरुले लान सक्छ त्यहाँसम्म लागेर फालिदिन्छ । उता क्वोने लाछिका समूहले तानेर मूल बस्तीको दक्षिणपट्टि अवस्थित विसिंगालमा रहेको गथांमुगःगाःमा ल्याइ विसर्जन गरी दहन गरिन्छ ।
यसरी गथांमुगःलाई तानेर दहन गर्ने कार्यसम्पन्न भए पछि यता घरघरमा पूजा गरी भूत धपाउने काम सुरु हुन्छ । घरमा दुई मुठा छ्वाली बालेर घरको प्रत्येक चोटा कोठा घुमाई भूत धपाउने गरिन्छ । कर्कलो, सिस्नु, उनिउँ, धसिकठी आदि वनस्पती समेत मिलाएर बाँधिएका छ्वालीका यी दुई मुठा मध्ये एउटा ढोका अगाडिको कुमार देउतामा राखिन्छ । अर्को चाहिं बालिएको सुकुन्दा हँसियामा समेत सँगै लगेर छ्वासेमा फ्याकिन्छ । छ्वासेमा जानेहरु वरिपरि बसेर सुकुन्दाबाट निस्केको ज्वालामा हँसिया थापि आँखामा लगाउने गाजल तयार गर्छन् । यसरी तयार गरिएको गाजल घरका अधिकांशले लगाउँछन् । गाजल लगाउँदा आँखा नदुख्ने विश्वास पनि गरिन्छ ।
उता घरबाट छ्वाली बालेर निस्केपछि झ्याल ढोकामा फलामको छेस्का किल्ला ठोकेर घरमा भूत प्रवेश गर्न नसक्ने मान्यता कायम गरिन्छ । यो पर्वमा टोखाका मान्छेहरुले जिउको भूतको असर नपरोस भनेर फलाम आदिबाट बनेका औंठी पनि लगाउने गरेका छन् । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । साथै यो दिन जडिबुटी समेत पोको पारेको छ्वाली बाल्दै घरको कुना–कुनामा धुँवा छर्ने हुँदा जडिबुटिको धुवाँबाट किटाणु मारी संक्रमण रोक्ने वैज्ञानिक आधार समेत यसमा रहेको पाइन्छ । यसदिनदेखि लाम्खुटे विस्तारै कम भएर जाने जनविश्वस समेत रहेको देखिन्छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९