काठमाडौंका विभिन्न ठाउँ जलमग्न

 ६ श्रावण २०७७, मंगलवार ११:४६   | न्यूज अफ टोखा

काठमाडौं । लगातारको पानीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जलमग्न भएको छ । पानीले सडक समेत भरीएपछि नागरिकलाई सास्ती भएको छ ।

गाडी ओहोरमा समस्या भएको छ । सडक मर्मत तथा ढल र खानेपानीको पाइप जडान गर्नका लागि खनिएका ठाउँमा बढी पानी जमेको छ । लगातारको झरीका कारण जमल, चाबहिल चुच्चेपाटी, कलंकीको खसीबजार, बल्खु, खुमलटार लगायतका ठाउँमा सडकमा पानी जमेको छ ।

वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायत नदी किनार र आसपासका सडक किनारमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार ११:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया