झोरमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

 ६ श्रावण २०७७, मंगलवार १८:३२   | न्यूज अफ टोखा

झोरमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको झोरमा पहिरोमा परी जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान टोखा नगरपालिका-१ झोर महाँकालको तासीडाँडामा पहिरोले पुरिएका तीन वर्षीया सन्ध्या रानामगर र सचिन रानामगरको मृत्यु भएको हो।

पहिरोले पुरिएर मृत्यु हुने धनकुटा घर भई हाल टोखा नगरपालिका-१, झोर महाँकालमा बस्दै कुखुरा पाल्न गर्दै आइरहेका राम बहादुर रानामगरको जुम्ल्याहा छोराछोरी भएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तथा प्रहरीको टोलिले पहिरोले पुरिएका उनीहरुको शव झिकेर पोस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पठाइएको छ  ।

टहरामा बसेर खाना खाँदै गर्दा बलौटे माटोको ढिस्कोले पुरिएर बालबालिकाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको महाराजगंज प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार १८:३२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया