धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

 ६ श्रावण २०७७, मंगलवार ११:५०   | न्यूज अफ टोखा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर बगाउँदा २५ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको ज्यान गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको पनि थापाले बताउनुभयो । रातिको समय र एकान्तमा घर भएकाले पहिरोमा परेकाहरुलाई उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिनुभयो ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार ११:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया