बिहीबारदेखि सार्वजनिक गाडी चलाउने व्यवसायीकाे निर्णय

 ६ श्रावण २०७७, मंगलवार २१:३७   | न्यूज अफ टोखा

बिहीबारदेखि सार्वजनिक गाडी चलाउने व्यवसायीकाे निर्णय

काठमाठौं । यातायात व्यवसायीले आउँदाे बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । 

मङ्गलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन् । 

महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन । 

छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन् । अन्य सार्वजनिक गाडी भने गएको असार २९ गतेदेखि नै चल्न थालेका थिए । 

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार २१:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया