भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने

 ६ श्रावण २०७७, मंगलवार २१:५८   | न्यूज अफ टोखा

भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने

काठमाडौं । आउँदाे भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका लामो तथा छोटो दूरीका गाडी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयाे ।  

यस्तै भदौ १ गतेदेखि नै विद्यालयले भर्ना लिन पाउने, शैक्षिक गतिविधि तथा परीक्षा पनि सञ्चालन गर्न पाइने सरकारले जनाएको छ । 

Facebook Comments

अन्तिम अपडेट: ६ श्रावण २०७७, मंगलवार २१:५८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया