अब कक्षा १२ को मात्र बोर्ड परिक्षा हुने

 ८ श्रावण २०७७, बिहीबार ०९:३५   | न्यूज अफ टोखा

अब कक्षा १२ को मात्र बोर्ड परिक्षा हुने

न्यूज अफ टोखा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिका विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि सार्वजनिक गर्दैछ । कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ । कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्दैछ । कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको बोर्डले जनाएको छ । कक्षा ११ को प्रयोगात्मक परीक्षा समेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ८ श्रावण २०७७, बिहीबार ०९:३५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया