कमेट नीओवाईजः एउटा पुच्छ्रेताराको सौर्यमण्डलमा दुर्लभ यात्रा, पृथ्वीबाट देखिएका मनमोहक दृश्य

 ८ श्रावण २०७७, बिहीबार ०९:५६   | न्यूज अफ टोखा

२३ जुलाई २०२०

एउटा धूमकेतु आकाशमा हिँडिरहेको मनमोहक दृष्य अहिले उत्तरी ध्रुवको आकाशमा देखिन्छ।

कमेट नीओवाईज नाम दिइएको उक्त धूमकेतु अर्थात् पुच्छ्रेतारा गत मार्च महिनामा पत्ता लागेको थियो। यो शताब्दीमा नाङ्गो आँखाले देखिने थोरै पुच्छ्रेतारामध्ये यो पनि एउटा हो।

मान्छेको जीवनमा अद्वितीय मानिने यो दुर्लभ खगोलीय घटनाका केही शानदार तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

जुलाई २३ मा यो पृथ्वीसँग सबैभन्दा नजिकै आइपुग्दा १०.३ करोड किलोमिटरको दूरी हुनेछ।

इटलीबाट देखिएको दृष्य

कहाँ देखिन्छ?

कमेट नीओवाईज उत्तरी ध्रुवमा पर्ने युरोप, अमेरिका र क्यानडामा सूर्योदय हुनुअघि र सूर्यास्त भएपछि देखिन्छ।

यूकेबाट देखिएको दृष्य

यो तस्बिर यूकेको साल्ट्बर्नमा खिचिएको हो।

क्षितिजको तल्लो भागमा उत्तर र पूर्वोत्तर दिशाको बीचमा यसलाई देख्न सकिन्छ।

Facebook Comments

अन्तिम अपडेट: ८ श्रावण २०७७, बिहीबार ०९:५६

तपाईको प्रतिक्रिया