‘आज अलिअलि मान्छे जम्मा गरेछन्, २३ गते हामी पनि देखाउँछौ’
९ माघ २०७७, शुक्रबार २२:२५
न्यूज अफ टोखा
चिनियाँ कम्पनी हुवावेको फाइभ जी प्रविधिमाथि अमेरिका र बेलायतले प्रतिबन्ध लगाइसकेका छन् । उक्त प्रतिबन्धलाई युरोपेली युनियनले समेत अंगिकार गर्ने सम्भावना बढिरहेको बेला चीनले युरोपेली कम्पनीहरुसँग बदला लिने योजना बनाइरहेको बताइएको छ ।
युरोपेली युनियनले हुवावेको फाइभ जी प्रविधिको प्रयोगमा बन्देज लगाएको खण्डमा युरोपेली टेलिकम कम्पनीहरु नोकिया तथा इरिक्सनसँग त्यसको बदला लिने सोच चीनको रहेको वालस्ट्रिट जर्नलले दाबी गरेको छ ।
बेलायतले गत हप्ता आफ्ना टेलिकम अपरेटरहरुलाई हुवावेसँग बाट फाइभ जी नेटवर्कका कुनैपनि प्रविधि खरीद नगर्न आदेश दिएको छ । अहिलेसम्म फाइभ जी प्रविधिमा हुवावे कम्पनीबाट खरिद गरिएका उपकरण तथा प्रविधि सबैलाई सन् २०२७ सम्ममा हटाइसक्नसमेत बेलायत सरकारले निर्देशन दिएको छ ।
हुवावे विरुद्ध अमेरिकी नेतृत्वको यस अभियानबाट स्विडेनका नोकिया र इरिक्सन कम्पनीहरुलाई प्रत्यक्षरुपमा सबैभन्दा धेरै फाइदा पुग्ने देखिएको छ ।
यस परिप्रेक्ष्यमा चीनको वाणिज्य मन्त्रालयले निर्यातमाथि नियन्त्रण गर्ने योजना बनाएको छ । जसबाट नोकिया तथा इरिक्सन कम्पनीले चीनमा उत्पादित प्रडक्टहरु अन्य देशमा निर्यात गर्नमा बाधा उत्पन्न हुनेछ ।
युरोपेली मुलुकहरुले हुवावेलगायतका चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको अवस्थामा बेइजिङले उठाउने यस्तो कदम असाधारण हुने अनुमान गरिएको छ ।
स्मरणरहोस् ईयुले अहिलेसम्म आफ्ना सदस्य मुलुकहरुमा फाइभ जी नेटवर्कका हुवावेको प्रविधि प्रयोगमा कुनै प्रतिबन्धको सिफारिस गरेको छैन । तथापि उसले हालै एउटा यस्तो टुलबक्स जारी गरेको छ । सुरक्षा मापदण्डको रुपमा रहेको उक्त टुलबक्स सदस्य मुलुकहरुका लागि तयार गरिएको मापदण्ड हो, जसलाई सदस्य मुलुकहरुले फाइभ जी नेटवर्क स्थापनाका क्रममा निर्यातकर्ता छनोट गर्दा पालना गर्नु पर्नेछ । यस्तो मापदण्ड सांकेतिक रुपमा हुवावेप्रति नै लक्षित रहेको अड्कल काटिएको छ ।
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९
९ माघ २०७७, शुक्रबार ११:१०
९ माघ २०७७, शुक्रबार ११:०२
८ माघ २०७७, बिहीबार २२:२४