थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्याे

 ८ श्रावण २०७७, बिहीबार १९:३६   | न्यूज अफ टोखा

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्याे

न्यूज अफ टोखा

पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट ४३ जनाकाे मृत्यु भएकाे छ ।

देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने ४२ जनाको ज्यान गएको छ ।

आइसोलेसनमा ५ हजार ३ सय ५८ रहेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ८ श्रावण २०७७, बिहीबार १९:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया