भिल्ली-मालुङ्ग सडक खण्ड पहिरोको उच्च जोखिममा

 ८ श्रावण २०७७, बिहीबार १३:००   | न्यूज अफ टोखा

भिल्ली-मालुङ्ग सडक खण्ड पहिरोको उच्च जोखिममा

काठमाडौं । टोखा छहरे मार्ग अन्तर्गत भिल्ली-मालुङ्ग सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । केहि सातादेखि अविरल रुपमा परिरहेको वर्षाका कारण सडक भासिनेक्रम बढेसँगै पहिरोको जोखिम बढेको हो ।

त्यस आसपासका घरहरुसमेत जोखिममा परेको छ । कुन वेला पहिरो जाने हो भन्ने चिन्ताले यतिवेला त्यस आसपासका स्थानीयहरू त्रसित भएका छन्।

टोखा छहरे मार्ग अन्तर्गत पर्ने निकै नै वेस्त सडक भएकोले गाडिहरुको अधिकमात्रामा आवतजावतका कारणले सडक भासिदै जान्दा त्यस आसपासका तीन घर जोखिममा परेको स्थानीय तथा टोखा न.पा.१ वडाका वडा सदस्य समेत रहेका बुलाल डंगोल बताउँछन् ।

यस स्थानमा पहिरो गएरको खण्डमा मालुङ्ग, झोरसँगै नुवाकोट आवतजावत गर्नेहरु प्रभावित हुनेछ । यससँगै बैकल्पिक मार्गको रुपमा रहेको फैडोः-मालुङ्ग सडकको अवस्था पनि यति वेला नाजुक अवस्थामा रहेकोले सवारी आवतजावत गर्नबाट अझ बढि प्रभावित हुनेदेखिन्छ । यसका लागि सम्बन्धित स्थानीय निकायले पहलकदमी चाल्नु पर्नेदेखिन्छ ।


केहीदिन अघि सडक भासिएर चर्किन थाले पछि चर्किएको ठाउँबाट पानी पसेर बढि भासिन नपाउन भनेर स्थानीय सरकारले चर्किएको ठाउँमा सिमेन्टले टालिएको थियो । तर सडक नै भासिदै भएपछि सिमेन्टले टाल्ने काम खासै प्रभावकारी बनेन ।


झन्दै ३० मिटर सडक खण्ड पहिरोको खोनिममा रहेको छ । सडकको पश्चिम दिशा निकै नै अग्लो भिरालो र ठाउँठाउँमा पहिरो जान्ने क्रम जारिनै छ जसले गर्दा झन बढि पहिरोको जोखिम बढाएको छ ।


टोखा नगरपालिका र सडक विभागका प्राविधिकहरुले निरिक्षण समेत गरेर गैसकैको अवस्था छ । आज दिउँसो दुई बजेतिर टोखा नगरपालिकाका प्रमुख तथा सडक विभागको टोलि आए पछि मात्र उक्त स्थानको व्यवस्थानका लागि के गर्ने भन्ने निर्णय थाहा हुने बुलाल डंगोलले बताए ।

Facebook Comments

अन्तिम अपडेट: ८ श्रावण २०७७, बिहीबार १३:००

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया