अन्ततः भिल्ली-मालुङ्ग सडक खण्डमा पहिरो गयो

 ९ श्रावण २०७७, शुक्रबार ०८:४६   | न्यूज अफ टोखा

अन्ततः भिल्ली-मालुङ्ग सडक खण्डमा पहिरो गयो

काठमाडौं । टोखा छहरे मार्ग अन्तर्गत भिल्ली-मालुङ्ग सडक खण्डमा पहिरो गएको छ । गएराति करिव २:३० बजेतिर पहिरो गएको स्थानीयहरू बताउछन् ।

पहिरो गएसंगै त्यस आसपासका घरहरू जोखिममा परेका छन्, भने पहिरोले पुरिएर विशाल तामाङको तरकारी खेतीमा क्षति पुगेको छ ।

पहिरोका कारण अहिले उक्त सडकमा मोटरसाइकल बाहेक अन्य यातायताका सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।

स्थानीय सरकारले समयमा नै प्ररभावकारी रूपमा उचित व्यवस्थापन गर्न नसक्दा सोचेको भन्दा ठूलो पहिरो गएको स्थानीयहरूको गुनासो छ । तर उक्त स्थानमा अझै पनि पहिरोको जोखिम उच्च रहेको छ । बाटोको पश्चिम दिशा निकै अग्लो रहेकोले भासिनेक्रम जारी रहेको छ ।

यो सडक टोखा नगरपालिका २ वडामा पर्छ भनेदेखि सडको पश्चिमतर्फ १ वडामा पर्छ । दुबै वडाले यस स्थानमा पहिरो रोकथामका लागि सडक चर्किदै गए पछि चर्किएको ठाउँमा सिमेन्ट तथा प्लास्टिकले छोप्ने कार्य समेत गरिएको थियो ।


Facebook Comments

अन्तिम अपडेट: ९ श्रावण २०७७, शुक्रबार ०८:४६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया