अपडेटः पहिरोका कारण यातायात प्रभावित

 ९ श्रावण २०७७, शुक्रबार ०९:५५   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । टोखा छहरे मार्ग अन्तर्गत भिल्ली-मालुङ्ग सडक खण्डमा पहिरो गएसंगै यातायतका सवारीसाधन आवगमन प्रभावित बनेको छ । बैकल्पिक मार्गको रूपमा रहेको फैडोल- मालुङ्ग मार्गबाट आवगमन गरेेेका सवारीसाधन यतिबेला बाटोमै अलपत्र परेका छन् ।

बाटोको अवस्था नाजुक भएका कारण यतिवेला हिलोमा गाडी फसेका छन् जसका कारण बाक्लो गाडीको लाम लागेको छ ।


उक्ता बाटो हुँदै झोर तथा नुवाकोट जाने मालबाहक तथा यात्रुबाहक सवारीसाधन यतिबेला हिलाम्य बाटोमा कष्टकर यात्रा गर्न बाध्य छन् । सम्बन्धित निकायले तत्काल यसको उचित व्यवस्थापन तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: ९ श्रावण २०७७, शुक्रबार ०९:५५

तपाईको प्रतिक्रिया