पृथ्वी राजमार्ग पुनः अवरुद्ध

 ९ श्रावण २०७७, शुक्रबार ०९:३४   | न्यूज अफ टोखा

न्यूज अफ टोखा

पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा  सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । 

अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो । 

पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । 

उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान रहेको बताउनुभयो । तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।  

पानी परिरहे पनि कुनै क्षति भएको छैन । उनले भने, “अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ ।” 

रासस

Facebook Comments

अन्तिम अपडेट: ९ श्रावण २०७७, शुक्रबार ०९:३४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया