दबुको पुनर्गठन भेला सम्पन्न, अध्यक्षमा पुनः मनिराज

 १० श्रावण २०७७, शनिबार १९:५९   | न्यूज अफ टोखा

दबुको पुनर्गठन भेला सम्पन्न, अध्यक्षमा पुनः मनिराज

काठमाडौं । टोखा संस्कृति सम्पदा संरक्षण दबुको पुनर्गठन भेला सम्पन्न भएको छ । शनिवार वंतुलि अजिमा द्यः परिसरमा आयोजित पुनर्गठन भेलाबाट पुनः मनिराज डंगोल अध्यक्ष निर्विरोध चुनिएका छन् ।

संस्थालाई गतिशील बनाउन संख्यालाई सिमित बनाउने अध्यक्ष मनिराज डंगोलले कार्यक्रममा बताए । समितिलाई अर्को भेलामा पुनःता दिने समेत उनले बताए । आफ्नो लक्ष्य प्राप्तिका लागि सदैब दबु लागि परिरहेको समेत उनले बताए ।

कार्यक्रममा दबुका निवर्तमान सचिव गणेशमान श्रेष्ठलाई टोखा नगरपालिकाको साँस्कृतिक संरक्षित क्षेत्र विकास समितिको अध्यक्षमा बाहाल भएकोमा कार्यक्रमका प्रमुख अतिथि टोखाका देय् नायो हेमराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: १० श्रावण २०७७, शनिबार १९:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया