ओलीलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
११ माघ २०७७, आईतवार २३:४८
काठमाडौं । नगरप्रमुख सहितको टोलिले टोखाबासिले दैनिक रुपमा प्रयोग गर्दै आइरहेको शिवपुरी जलाधार तथा राष्ट्रिय निकुञ्जमा रहेको खानेपानीको मुहानको निरीक्षण गरेको छ ।
शनिवार टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी तथा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी उपप्रमुख ज्ञानमाया डंगोल, पत्रकार लगायतका टोलिले खानेपानी मुहानको निरीक्षण गरिएको हो ।
टोखा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले खानेपानी मुहान तथा भौतिक पुर्वाधार संरचनाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । भविष्यमा खानेपानीको अभाव हुन नदिन र दिर्घकालसम्म व्यवस्थित रुपमा निरन्तर पानी वितरण गर्न आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माण लगायतका बारेमा निरीक्षण टोलिलाई ब्रिफिङ्ग गरेका थिए ।
खानेपानी मुहान तथा संरचनाको निरीक्षण पश्चात नगरप्रमुख अधिकारीले खानेपानीको भण्डारण क्षमता बढाउन तथा त्यसलाई व्यवस्थित गर्न स्थानीय जनता, स्थानीय सरकार तथा प्रदेश सरकारको संयोजकत्वमा बृहत लगानि गरेर आगाडि बढ्न आवश्यक रहेको बताए ।
स्थानीय जनताको अपनत्व रहने गरी खानेपानीको व्यवस्थापन सम्वन्धि एकृकीत योजना सहित अगाडि बढ्नु पर्ने भन्दै आधिकारी रुपमा संस्थालाई दर्ता गरी अगाडि बढ्न सुझाव दिदै दर्तावाला संस्थासँग टोखा नगरपालिकाले नियम संगत सहकार्य गरेर अगाडि बढ्न सहज हुने नगरप्रमुख अधिकारीले आफ्ना धारण राखेका थिए ।
उक्त निरीक्षण कार्यक्रममा टोखा २ र ३ वडाका वडा अध्यक्षहरुलाई समेत निम्तो गरेको भएता पनि कार्य व्यस्तताका कारण उपस्थित हुन नसकेको समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए ।
हाल उक्त मुहानको पानी सार्वजनिक धाराहरुमा प्रयोग गरिदै आइरहेको छ । भौतिक पुर्वाधारको अभावमा माग अनुसार खानेपानीको व्यवस्थित रुपमा वितरण गर्न सकिरहेको छैन ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार २३:४८
११ माघ २०७७, आईतवार २३:३०
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८