आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान प्रतिवद्धता जनाए पार्टी एकता हुन सक्छ – उप प्रधानमन्त्री पोखरेल
१० माघ २०७७, शनिबार २०:२३
न्यूज अफ टोखा
काठमाडौंमा लामो समय देखि व्यवसाय गरिरहेका धेरै जसो भाषा शिक्षण संस्था, ट्युसन सेन्टर, कम्प्यूटर इन्चीट्युट, होटल व्यवसाय लगायतका धेरै व्यवसाय अब के हुने हो भन्न सक्ने अवस्था रहेको छैन ।
लगातार चार महिना बन्द पश्चात खुलेको व्यवसायलाई न सरकारवालाले कुनै राहत दिने नयाँ नीति नियम लेराउन सकेको देखिन्छ न घरवालाले नै कुनै घर छुट दिन सकेको छ ।
त्यसै कारण लगातार धेरै वर्ष देखि काम गरि रहेको व्यवसायीलाई त यो कोरोना कहरको मारबाट छुटकारा पाउन गाह्रो भयो भने दैनिक ज्याला मजदुरी गरिखानेको अवस्था कस्तो होला । कस्ले बुझिदीने हो उनिहरुको अवस्था ।
सत्ताधारी आफ्नो पद जोगाउनमा व्यस्त छन् भने विश्वनै कोरोना कहर बाट अछुटो रहन नसकेको बेला विभिन्न कारण औंद्योगिक क्षेत्र, साना उद्योग, होटल तथा विभिन्न कन्सलटेन्सि धरापमा पर्न गएको देखिन्छ ।
लकडाउनका कारण धेरै व्यक्ति घर बाट कार्यक्षेत्र फर्कन सकेको देखिदैन भने व्यवसाय बन्द भएको कारण अब कसरी घर भाडा तिर्ने भन्ने सोचमा छन् । अब व्यवसायलाई निरन्तरता दिने कि छोड्ने मनस्थीतिमा दोधारको स्थितिमा पुगेको एक कन्सलटेन्सि व्यसायीले बताउनु भएको थियो ।
यस्तो बेलामा सरकार निकाय, घर धनि र ब्यवसीले पनि कुनै उदाहारणीय कार्य गर्न सकेको देखिन्न भने कोरोनाको कारण धेरै संस्था छोड्ने मनस्थीति बनाएको देखिन्छ । यस्तो अवस्थामा सरकारले पनि केही उपाय अवलम्बन गर्न सकेन भने बेरोजगारीको भया भय स्थीति नआउन भन्न सकिन्न ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०
९ माघ २०७७, शुक्रबार ११:२९