भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
न्यूज अफ टोखा
विश्वमा व्याप्त कोरोना भाइरस महामारीका कारण धेरै ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने व्यवस्था गरिरहेका छन् ।
गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् ।
महामारी मथ्थर भएर कर्मचारीहरु कहिलेदेखि नियमित कामका लागि कार्यालयमा फर्किने हो भन्ने अनिश्चित भैरहेको बेला गुगलले एक महत्वपूर्ण निर्णय गरेको छ । जसअनुसार गुगलका कर्मचारीहरु अझै एक वर्षसम्म घरबाटै काम गर्न सक्नेछन् ।
गुगलका प्रवक्ताले सोमबार बताए अनुसार कम्तिमा पनि सन् २०२१ को जुलाई महिनासम्म कम्पनीले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने सुविधा दिनेछ ।
यसअघि गुगलले सन् २०२० को अन्त्य सम्मै अधिकांस कर्मचारीहरुले घरबाटै काम गर्ने र केही कर्मचारीहरुलाई छिट्टै नै कार्यालयमा आउन अनुमति दिइने बताएको थियो । तर उक्त पूर्व निर्णयमा पुनर्विचार गर्दै गुगलले कर्मचारीहरु कार्यालयमा फर्किने समयावधिलाई लम्ब्याएको हो ।
विश्वको सबैभन्दा ठूलो मध्येको एक कम्पनीले महामारीलाई मध्यनजर गर्दै अर्को वर्षको आधाआधीसम्मै कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था गर्नुलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । अब अन्य कम्पनीहरुले समेत गुगलको पदचाप पछ्याउने अनुमान गरिएको छ ।
आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराएको एक टिप्पणीमा गुगलका सीईओ सुन्दर पिचाइले विश्वभर रहेका गुगलका ४२ वटा कार्यालयमै यो नियम लागू हुनेछ ।
उक्त टिप्पणीमा पिचाइले भनेका छन्, ‘कर्मचारीहरुलाई अग्रिम रुपमा योजना तय गर्न सजिलो होस् भनेर हामीले सन् २०२१ को जुन ३० सम्मै स्वेच्छिक रुपमा घरबाटै काम गर्न सक्ने र कार्यालय आउन नपर्ने व्यवस्था गरेको सूचित गरेका छौँ । यसले आगामी १२ महिनासम्मै तपाइँहरुलाई आफ्नो काम र आफ्नो तथा आफ्ना प्रियजनको ख्याल राख्ने कुरालाईसन्तुलनमा राख्ने मौका प्रदान गर्नेछ ।’
एजेन्सी
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३