आज क्वाती पुन्हि

 १९ श्रावण २०७७, सोमबार ०७:४४   | सुबिन्द्र श्रेष्ठ

आज क्वाती पुन्हि

न्युज अफ टोखा । आज क्वाती पुन्हि नेवाः समुदायमा यसको विशेष महत्व रहेको छ । त्यसो त गैर नेवाः समुदायहरुले आजको दिन रक्षाबन्धन तथा जनै पुर्णिमाको रुपमा मनाईन्छ । उनीहरु आज पुरानो जनै फेरी नयाँ जनै लगाउने गर्दछ । सिलुतीर्थ (गोसाइकुण्ड), साँखु, मणिचूडका साथै ललितपुरमा क्वन्ति महाद्यः (कुम्भेश्वर) मेला लाग्ने गर्दछ ।

नेवाः समुदायले आज गेडागुडीका नौ थरी मिसाएर क्वाती खाने चलन छ । त्यसमा सानो केराउ ,ठुलो केराउ ,राजमा, बकुला, चना, भटमास, सानो दाल,बोडी मिसाएर क्वाती बनाउने परम्परा रहँदै आएको छ । यसमा प्रोटिनको मात्र बढी पाइने भएकोले स्वास्थ्यको दृष्टिले निकै नै राम्रो मानिन्छ । क्वाती भिजाएर काचै खानु भन्दा पकाएर खादा बढी लाभदायिक हुन्छ । यसरी पकाएर खाँदा शरीरमा प्रोटिनको मात्र संतुलन हुने गर्दछ । यसमा विशेषा गरी भिटामिन बी को मात्रा बढि पाइने गर्दछ । यसदिनलाई गुंपुन्हि पनि भन्ने गरिन्छ । नेपाल सम्वतको गुंला अर्थात नौँ महिनामा पर्ने पर्व भएकाले यसलाई गुंपुन्हि भन्ने गरिन्छ ।

यस दिन टोखाका नेवाः समुदायले विशेषरुपमा मनाउदै आइरहेका छन् । विहान सबेरै उठेर नुहाइ धुवाइ गरी घरको सरसफाइ गरी काचो वा पानीमा झिजाइ राखेको क्वती सहित विभिन्न देवीस्थानमा पूजाआज गर्छन । साथै खेतका गराहरुमा पनि क्वाति छर्ने गर्दछन् । यसो गर्नुको अर्थ के हो भने खेतमा रहेका बालिको सुरक्षा गर्ने भ्यागुतालाई सम्मान गर्दै आजको दिनमा क्वाति खुवाएको जनविश्वास रहन्दै आइरहेको छ । पुजा गरी सके पछि घरमा पाकेको खानेकुरा पातमा राखेर घरको मूल ढोका अगाडि रहेको पिखुलुखा लगि कुकरलाई खुवाए पछि सपरिवार सँगै बसेर खाने चलन रहँदै आइरहेको छ ।

यस दिन विहान सिलुतीर्थ (गोसाईकुण्ड)मा दर्शन गरेर फर्केकाहरु सामुहिक रुपमा सपनतीर्थ गुंला धाँ बाजा सहित सनपतीर्थ, चण्डेश्वरी लगायत मन्दिरमा सामुहिक रुपमा गएर त्यहाँबाट ल्याएको जल तथा प्रसाद चढाउने परम्परा रहँदै आइरहेको छ । भनिन्छ सिलुबाट ल्याएका प्रसाद सबै भन्दा पहिले देवीदेवताहरुलाई चढाए पश्चात मात्र आफ्ना घरपरिवार तथा स्तमित्रहरुलाई दिइन्छ ।

यसका साथै यसै दिन बेलुका पख दाफा भजन खलःहरुले लाखे नृत्य प्रस्तुत गर्ने गरिन्छ । यो लाखे नाच हरेक वर्ष यसै क्वाती पुन्हिका दिनदेखि नचाउ शुरू गर्ने परम्परा रहँदै आइरहेको छ ।

यस्तो छ क्वातीमा पाईने पौष्टिक तत्त्व (Nutritious elements in Kvāti , a decoction liquid)

Facebook Comments

अन्तिम अपडेट: १९ श्रावण २०७७, सोमबार ०७:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया