बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आह्वान

 १९ श्रावण २०७७, सोमबार १३:४३   | न्यूज अफ टोखा

बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन स्वास्थ्य  मन्त्रालयको आह्वान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गरेको छ। 

काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई घर बाहिर नस्किन आग्रह गरेको हो।

नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं तथा धेरै जनधनत्व भएको ठाउँहरुका मानिस घर बाहिर ननिस्कन आग्रह गरे।

आइतबार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments

अन्तिम अपडेट: १९ श्रावण २०७७, सोमबार १३:४३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया