यस्तो छ क्वातीमा पाईने पौष्टिक तत्त्व (Nutritious elements in Kvāti , a decoction liquid)

 १९ श्रावण २०७७, सोमबार ०७:५१   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा । नेवाः समुदायको ठुलो पर्वहरु मध्य गुंपुन्हि पनि एक हो । नेपाल सम्वतको गुंला अर्थात नौँ महिनामा पर्ने यस गुंपुन्हिका दिन जनै लगाउनु पर्नेहरुले पुरानो जनै फेरी नयाँ जनै लगाउने गर्दछ । सिमिको पातमा भात, क्वाती, मासु, मुला आदि राखेर खेत, पिखु लुखा (घरको मूल ढोका अगाडि)मा ब्यांजा (भ्यागुतालाई भात) राखिदिन्छ । ब्राम्हणहरुको हातबाट जनै लगाउने समेत गरिन्छ । यस बाहेक सिलुतीर्थ (गोसाइकुण्ड), सक्व, मणिचूडका साथै ललितपुरमा क्वन्ति महाद्यःमा मेला लाग्ने गर्दछ । यस दिन मानिसहरुले आफ्नो नजिक तथा पायक पर्ने तीर्थस्थलमा गएर स्नान गरी पवित्र हुने चलन पहिलेदेखि चल्दै आइरहेकै छ ।

नेवाःसमुदायहरुले वर्षदिनभरी मनाइने पर्वहरुमा कुनै न कुनै एक विशेष प्रकारका खाने कुरा खाँदै आएको पाईन्छ । यो खानेकुरा समयअनुकुल हाम्रो शरीरलाई फाइदा हुनेगरी खाने चलन रहेको छ । यही चलनअनुसार गुंपुन्हिका बेला विशेष खाने कुराको रुपमा क्वाती र गँहुको रोति खाने चलन रहेको देखिन्छ ।

क्वाती बनाउदा नौ थरि गेडागुडी राख्ने चलन छ । ती यस प्रकार छन्- त्यसमा सानो केराउ ,ठुलो केराउ ,राजमा, बकुला, चना, भटमास, सानो दाल,बोडी अथवा अन्य गेडागुडीहरु जुन नौ थरि मिसाएर क्वाती बनाउने गर्छ ।

गुंपुन्हिको बेला चार दिन अगाडि नौ थरीका गेडागुडी पानीमा भिजाइ टुसाएर अथवा एक दिनअघि पानीमा भिजाएर काचो वा पकाएर पितृ र देवीदेवताहरुलाई चढाए पश्चात मात्र खाने चलन छ । यहि क्वातीसँगै गहुँको रोटी समेत खाने चलन रहेको पनि पाईन्छ ।

क्वाती हामी नेवाःहरुले गुंपुन्हिको बेला खाएर संस्कृति पर्वको रुपमा मनाउदै आइरहेका छौँ । यसरी क्वाती खाँदा हाम्रो पुर्वजहरुले भने जस्तै यो खायों भने शरीरमा शक्ति वा तागत वढि भएर आउँछ शरीरको पेटभित्रका विभिन्न रोगहरु पनि निको हुन्छ । साथै चिसोले शरीर दुखेर लागेको रुघा पनि निको हुने सुनेका नै छौँ । आफुले पनि अनुभव गरेकै हो कि क्वाती खाएपछि शरीरमा एकासी फुर्ति आउँछ । क्वातीमा के के पौष्टिक तत्त्व हुन्छ भन्ने कुरामा पनि बिचार गरौँ ।

गोडागुडीको प्रारम्भिक रुप तरकारी हो । धेरै जसो गेडागुडी हरियो भएको अवस्थामा तरकारीको रुपमा खाने गरिन्छ । तर तरकारीको अवस्थामा भन्दा गेडागुडी भैसकेपछि / सुकिसकेपछि यसमा पानीको मात्रा कम हुन्छ । जसका कारण सुकिसकेको गेडागुडीमा दुई गुणा बढिनै पौष्टिक तत्त्वहरु रहेको हुन्छ ।


क्वाती प्रोटिनको राम्रो स्रोत हो । यो काचैभन्दा पकाएर खाएमा प्रोटिन पचाउन अझ बढी सजिलो हुन्छ । साथै यसमा रहेको प्रोटिन अझ बढी गुणस्तर पनि हुन्छ । परिमाणको संख्यामा हेर्दा यसमा माछा, अण्डा, मासु आदि अथवा जनावरी प्रोटिन भन्दा धेरै प्रोटिन हुन्छ । तर यसमा जे जे तत्त्व हुनुपर्ने हो त्यो भने सबै छैन । यसमा केही मात्रामा एमिनो एसिडको अभावले गर्दा प्रोटिनको त्यति स्तरयुक्त हुदैन । क्वातीमा प्रोटिन आधिकमात्रमा पाइन्छ । यसमा लाइसिन भनिने एमिनो एसिड आवश्य मात्रामा भन्दा बढी अनि मेथेओनिन भनिने अमिनो एसिड आवश्यक भन्दा कम हुने भएकाले क्वातीमा रहेको प्रोटिनलाई आधा मात्र भएको प्रोटिन भनिएको हो ।


कुनै पनि खाने कुरामा आधा मात्र प्रोटिन रहेको भन्नु नै हाम्रो शरीरलाई चाहिने एमिनो एसिड मध्य कतिपय त्यसमा हुने र कतिपयमा नहुने प्रोटिनलाई भनिन्छ । आधा प्रोटिन युक्त खानामा पनि सबै खानामा एकै किसिमको मात्र प्रोटिन रहने वा नरहने नभई भिन्नभिन्न प्रकारका खानामा भिन्नभिन्न किसिमको प्रोटिन पाईनु वा नपाईनु हुन्छ । जस्तै गेडागुडी आधा प्रोटिनको स्रोत भएता पनि अन्न (चामल, पिठो आदि) पनि आधा प्रोटिनको स्रोत हो । तर गेडागुडी र अन्न दुबै मिसायो भने यो दुवै मिश्रित भई यसमा रहेको प्रोटिन मिलेर पूर्ण प्रोटिन बन्छ ।


किन भने गेडागुडी वा क्वातीमा मथेओनिन भन्ने अमिनो एसिड आवश्यक मात्रामा भन्दा कम, लाइसिन आवश्यक मात्रामा भन्दा बढी त्यस्तै अन्नमा मेथेओनिन आवश्यक मात्रामा भन्दा बढी, लाइसिन आवश्यक मात्रामा भन्दा कम हुने भएकाले क्वातीमा नभएको अन्नमा र अन्नमा नभएको क्वातीमा पाईने भएकाले यी दुवै मिसाएर खाएमा पूर्ण प्रोटिन रहने हुन्छ । यस हिसावले हेर्दा हाम्रो पुर्खाहरुले खाने चलन गरेको क्वाती वा गहुँको रोटि वा चामल असाधै पोषिलो भएको खानाको रुपमा लिन सकिन्छ ।


क्वाती क्यालोरी (calorie), कार्बोहाइड्रेट (carbohydrate), सेलुलोज (cellulose), खनिज (mineral) पदार्थ- क्याल्सियम (calcium), फलाम (iron) आदिको राम्रो स्रोत हो भने प्रोटिन(protein) र थायामिनया(thiamine) को अति राम्रो स्रोत पनि हो ।
क्वातीमा भिटामिन बि १२(vitamin B12) बाहेक अरु सबै प्रकारका भिटामिन बी रहेको छ । त्यसकारण यसलाई भिटामिन बी समूहको राम्रो स्रोतको रुपमा लिएको पाईन्छ । अझ भन्नु पर्दा झिजाएर टुसाएको क्वातीमा भिटामिन बि समूह नटुसाएको क्वतिमा भन्दा बढि मात्रामा पाईने गर्छ ।

त्यस्तै क्वातीमा भिटामिन-सी (vitamin C) पाइदैन । तर यदि क्वातीलाई टुसायो भने त्यसमा रहेको कार्बोहाइड्रेट भिटामिन-सी परिवर्तन भएर गएको देखिन्छ । यसरी क्वाती टुसाएमा भिटामिन-सी बढि मात्रामा पाईने भनिएको पाईन्छ । तर यी तत्व रहे पनि भिटामिन-सी भने धेरै कम मात्राकम रहेको हुन्छ ।


कुनै पनि ब्यक्तिको शारीरिक वृद्धि र विकासका लागि शक्ति प्रदान गर्ने खाना/ भोजन अति आश्यक हुन्छ । बच्चामा अझ भन्ने हो भने युवा अवस्थामा तिनको शारीरिक वृद्धि चाडै नै हुने गर्छ । यसले गर्दा उनिहरुलाई शक्ति दिने खाना/भोजन अझ बढी आवश्य पर्छ । शारीरिक क्रियाकलाप जस्तै कि खेलकुद खेल्ने, धेरै मात्रामा बल प्रयोग गर्नु पर्ने खेल, केटि भए रजस्वला हुने आदि कारणले गर्दा यो अवस्थामा शक्ति दिने खाना/भोजनको अति आवश्यक हुन्छ ।


त्यस्तै गरी यो समयमा शरीरमा मांसपेशी रगत र कोषहरु वृद्धि र मर्मतको लागि प्रोटिन आवश्यक हुन्छ । अनि शरीरलाई सुरक्षा दिन खाना/भोजनहरु पनि उतिकै आवश्यक परेको हुन्छ ।


क्वातीले हाम्रो शरीरलाई चाहिने प्रोटिन शक्तिवर्धक र शरीरलाई सुरक्षा दिन चाहिने सबै पौष्टिक तत्त्वहरु रहेकोले क्वाती बच्चा, युवा र बुढाबुढी र सबैलाई अति नै सुहाउने खाना हो । तर क्वाती खाँदा ब्यक्तिले आफ्नो वा क्वाती खानेको उमेरलाई पनि बिचार गरेर धेरै वा थोरै खानेमा बिचार गर्नु पर्छ ।

कुन उमेर अनुसार कति खाने भन्ने बारेमा पनि हामीले थाहापाई राखौँ ।


दैनिकि जसो हामीले खाने खानामा तीन समूहका खाना जस्तै शक्ति दिने, शरीर वृद्धि र मर्मत गर्ने अनि सुरक्षा प्रदान गर्ने खाना मिलाएर संतुलित रुपमा खायो भने हाम्रो शरीर संतुलन भैरहन्छ । हाम्रो खाना संतुलित राखि राख्न बच्चा, वयस्क पुरुष महिला र बृद्ध ब्यक्तिको शारीरिक अवस्था आदिमा पनि ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।


अब यहाँ ब्यक्तिको उमेर अनुसार कति क्वाती खानुपर्छ भन्ने तर्फ लागौँ । क्वाती साना बालबालिकाहरुलाई ४ देखि १२ महिनाका लागि क्वातीको रस थोरै थोरै खुवाए पनि हुन्छ । यो भन्दा बढि उमेरकाहरुलाई आवश्यकता मात्रामा तल दिए अनुसार खाएमा खाना संतुलित हुन्छ ।


सन्तुलित भोजनका लागि क्वातीको मात्रा
बच्चा
१-३ उमेर– ५० शाकाहारी (ग्राम) – ४० मांसाहारी (ग्राम)
४-६ उमेर – ६० शाकाहारी (ग्राम) – ५० मांसाहारी (ग्राम)७-१२ उमेर– ७० शाकाहारी (ग्राम) – ६० मांसाहारी (ग्राम)

किशोर
१३-१५ उमेर– ७० शाकाहारी (ग्राम) – ५० मांसाहारी (ग्राम)
१६-१८ उमेर– ७० शाकाहारी (ग्राम) – ५० मांसाहारी (ग्राम)

वयस्क (पुरुष)
२०-४० उमेर– ७० शाकाहारी (ग्राम) – ५५ (हलुका काम गर्ने) मांसाहारी (ग्राम)
२०-४० उमेर– ८० शाकाहारी (ग्राम) – ६५ (मध्यम काम गर्ने) मांसाहारी (ग्राम)
२०-४० उमेर– ८० शाकाहारी (ग्राम) – ६५ (कडा काम गर्ने) मांसाहारी (ग्राम)

वयस्क (महिला)
२०-४० उमेर– ६० शाकाहारी (ग्राम) – ४५(हलुका काम गर्ने) मांसाहारी (ग्राम)
२०-४० उमेर– ७० शाकाहारी (ग्राम) – ५५(मध्यम काम गर्ने) मांसाहारी (ग्राम)
२०-४० उमेर– ७० शाकाहारी (ग्राम) – ५५(कडा काम गर्ने) मांसाहारी (ग्राम)
२०-४० उमेर– ७० शाकाहारी (ग्राम) – ५५(गर्भवती महिला) मांसाहारी (ग्राम)
२०-४० उमेर– ७० शाकाहारी (ग्राम) – ६५(सुत्केरी महिला) मांसाहारी(ग्राम)

क्वाती खाँदा हाम्रो शरीरमा हुने फाइदा-
क्वातीले हाम्रो शरीरमा शक्ति अथवा तागत बृद्धि गर्छ, शरीरमा तापक्रम संतुलन गर्छ, विभिन्न रोग लाग्न दिदैन, रोग संग लड्ने क्षमता वृद्धि गर्छ, स्वस्थ बनाई राख्छ, शरीर वृद्धि र विकास गर्न मद्दत गर्छ, घाउँ तथा चोतपटक निको गर्न सहयोग गर्छ, शरीरमा रगतको मात्रा बढी बनाईदिन्छ, बौद्धिक विकासका साथै शरीरलाई स्वस्थ राखि फुर्तिलो बनाउँछ, हड्डी र दाँत बलिलो बनाउँनुका साथै यसको वृद्धि विकास गर्छ, शरीरको पाचन र पोषण हुनमा मद्दत गर्छ ।


यसरी बाल्य अवस्थादेखि क्वाती खायो भने आफ्नो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्व शोषी शरीर स्वस्थ बनाई राख्छ । यसो भन्यो भन्दैमा बढी मात्रामा क्वानि खान पनि नहुने कुरामा भने हामीले बिचार पुर्‍याउनु पर्नेहुन्छ । मन पर्‍यो भन्दैमा शरीरलाई आवश्यता भन्दा बढी खायो भने प्रोटिन धेरै मात्रामा भएको यो क्वाती अपच भएर पेट दुख्न सक्छ । साथै ग्याँस बढ्न सक्ने पनि उतिकै डर रहन्छ । अपच भएर झाडापखाला हुन समेत बेर लाग्दैन ।


त्यसैगरी शरीरमा विभिन्न रोग भएकाहरुले पनि आफुसँग भएका रोग हेरी खान हुने नहुने भनेर पनि जानिराख्नु पर्दछ । क्वाती खान नहुने रोग हुनेहरुले क्वाती खाएर स्वस्थ हुन्छ

Facebook Comments

अन्तिम अपडेट: १९ श्रावण २०७७, सोमबार ०७:५१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया