लायन्स क्लव अफ काठमाडौँ एपेक्सको रक्तदान कार्यक्रम सम्पन्न

 २६ श्रावण २०७७, सोमबार १५:२६   | न्यूज अफ टोखा

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा रगतको अभाव कम हुन नदिन टोखा नगरपालिकाको ३ वडा कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ काठमाडौँ एपेक्सको आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभावको अवस्था सिर्जना हुन सक्ने भएकाले उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लव अफ काठमाडौँ एपेक्सका अध्यक्ष राम कृष्ण डंगोलले बताएका छन् ।

ब्लड डोनेसनका प्रमुख शिवराज गौतमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जिल्ला गर्भनर मान बहादुर रोक्का, क्षेत्रीय नेता बाकृष्ण बुर्लाकोटी, मन्त्रिपरिषद्का सचिव सुर्यकुमार के.सि, जिल्ला प्रमुख सल्लाहकार मणिश्री रत्न बज्रचार्य, समूह प्रमुख हेमराज बराल, क्षेत्र अध्यक्ष प्रशुराम खतिवडा लगायको उपस्थिति रहेको थियो ।

कार्यक्रमा ८४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा लायन्स क्लवका सदस्य हरिमान श्रेष्ठले जानकारी दिएका छन् ।   

यसका साथै वडाकार्यालयको सभाहलमा प्राकृतिक चिकित्सक डा. रविनलाल श्रेष्ठले कोरोना भाईरस विरुद्ध आफ्नो शरीरमा कसरी प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ भन्ने विषयक जनचेतनामूलक कार्यक्रममको समेत आयोजना गरिएको थियो ।

लायन्स क्लव अफ काठमाडौँ एपेक्समा नयाँ नेतृत्वले कार्यभार सम्हालेदेखि विभिन्न समाजिक कार्यमा सक्रियताका साथ लागि परेका छन् ।

Facebook Comments

अन्तिम अपडेट: २६ श्रावण २०७७, सोमबार १५:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया