मुख्य चोकहरुमा स्वचालित स्यानिटाइजर मेसिन राखिने

 ३० श्रावण २०७७, शुक्रबार १२:२७   | न्यूज अफ टोखा

न्यूज अफ टोखा, काठमाडौं । टोखाका मुख्य चोकहरुमा स्वचालित स्यानिटाइजर मेसिन राखिने भएको छ । टोखा यूवा क्लबले कोरोना भाईरस सतर्कता अभियान कार्यक्रमको थालनी गर्दै आयोजित कार्यक्रमा मुख्य चोकहरुमा स्वचालित स्यानिटाइजर मेसिन राखिने बताएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नवोल कोरोना भाईरस काठमाडौं उपत्यकासँगै टोखा नगरपालिकामा पनि देखा पर्न थालेपछि सतर्कताका लागि शुक्रबार विहान एक कार्यक्रम बीच उक्त सतर्कता अभियानको शुभारम्भ गरिएको हो ।

उक्त अभियानलाई शुभारम्भ गर्दै टोखा नगरपालिका ३ वडा कार्यालायका अध्यक्ष सिह राज श्रेष्ठले अहिलेको यस विषम परिस्थितिमा टोखा युवा क्लवले चालेको कार्य निकै नै सर्हानीय रहेको बताउदै उक्त कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।


कोरोना भाईरस बारेमा समाजलाई सचेत तथ सतर्कत तुल्याउन सर्वप्रथम आफु र आफ्नो सदस्य नै स्वस्थ र सतर्क रहनु पर्ने भएकाले अभियनको सुरुवात आफ्नो सदस्यहरुबाट  स्यानिटाइजर र मास्क  वितरण गरि अभियानको थालनी गरिएको क्लवका अध्यक्ष रामराज श्रेष्ठले बताएका छन् ।

टोखा नगरपालिका भरिनै अभियानको रुपमा लागिने भनिएको उक्त सतर्कता अभियानमा जनचेतनामुलक सन्देश सहित माइकिङ्ग, निःशुल्क मास्क वितरण गर्नुका साथै मूख्य मूख्य सार्वजनिक चोकहरुमा स्वचालित स्यानिटाइजर मिसिन समेत राखिने क्लवका अध्यक्ष श्रेष्ठले कार्यक्रममा बताए ।


भौतिक दुरी कायम गरी टोखा-३ वडा कायालयको सभाहलामा  सञ्चालन गरिएको उक्त कार्यक्रममा  क्लवका सदस्यका साथै स्थानीय सक्रिय पत्रकारहरुलाई समेत कार्यक्रमका प्रमखु अतिथि वडाअध्यक्ष सिंहराज श्रेष्ठले मास्क र स्यानिटाइजरको प्याकेट वितरण गरिएका थिए । भने क्लवका अध्यक्ष श्रेष्ठले वडा कार्यालयका लागि वडा अध्यक्षलाई समेत उक्त प्याकेट हस्तान्तरण गरे ।

Facebook Comments

अन्तिम अपडेट: ३० श्रावण २०७७, शुक्रबार १२:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया