टोखा भगवती क्लवको कोरोना सचेतना र्‍याली

 ३१ श्रावण २०७७, शनिबार १३:०९   | न्यूज अफ टोखा

काठमाडौं । काठमाडौं उपत्यकासँगै टोखा नगरपालिकामा पनि कोरोना भाइरस संक्रमित देखा पर्न थालेपछि श्री भगवती क्लव, टोखा सतर्कता र्‍याली गरेको छ ।

शनिवार विहान टोखा नगरपालिका २ वडा कार्यालय र महानगरीय प्रहरी प्रभाग टोखाको समेत सहभागितामा क्लवले आयोजित उक्त कार्यक्रममा कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सुरक्षाका उपाय र जानकारीमूलक व्रोसर, मास्क वितरण गरिनुका साथै सचेत र सजग रहन माइकिङ्गसमेत गरिएको थियो ।


कोरोना भाइरस समुदायस्तरमा देखा पर्न थालेपछि त्यसबाट आफु आफ्नो परिवार र समाज सुरक्षित रहनु पर्छ भन्ने उद्देश्यका साथ उक्त सचेतना र्‍यालिको आयोजना गरिएको क्लवका अध्यक्ष मदन लाल श्रेष्ठले बताए ।

क्लवले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपार सरकारले जारी गरिएको लकडाउनको समयमा टोखामा त्यसको उलंघन देखिए पछि त्यसको नियन्त्रणका लागि मुख्य चोक तथा नाकाहरुमा खतिएर सर्वप्रथम स्वयंसेवको भूमिको निर्वाह गरेका थिए ।

Facebook Comments

अन्तिम अपडेट: ३१ श्रावण २०७७, शनिबार १३:०९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया