भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट बनौ : मन्त्री कृष्णगोपाल श्रेष्ठ
५ माघ २०७७, सोमबार १६:३७
टोखा, काठमाडौँ । नबोल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि प्राचीन वस्ती भित्र एकरुप्ता कायम रहने गरी स्वयं सेवक परिचालन गरिने भएको छ ।
शुक्रबार विहान टोखा नगरपालिका वडा नं.२ वडास्तरीय शान्ति सुरक्षा उपसमितिका संयोजक हेराकाजी डंगोलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरिएको हो ।
टोखा नगरपालिकामा दिनप्रतिदिन संक्रमित बढ्न थालेपछि त्यसको रोकथामका लागि स्वयं सेवक परिचालन गरी प्रमुख टोल, सडक, चोकमा सतर्क गस्ती निगरानी समेत गरिने भएको छ ।
टोखा न.पा. २ र ३ वडाको जनप्रतिनिधि सहितको संयुक्त बैठकमा प्राचीन वस्ती भित्र एकरुप्ता कायम रहने गरि स्वयं सेवक परिचालन गरी प्रमुख टोल, सडक, चोकमा सतर्क गस्ती निगरानी गर्ने निर्णय समेत गरिएको उपसमितिका संयोजक हेराकाजी डंगोलले बताए ।
आज बसेको उक्त बैठकमा स्वयं सेवकहरुलाई आवश्यक पर्ने मास्क, ग्लोव, सेनेटाइजर, ज्याकेट, फेस फिल्ड लागयतको सामाग्री व्यवस्थाका साथै परिचालन स्वयं सेवक तथा निजहरुको परिवार सबैको कोरोना बीमाका लागि वडा कार्याललाई अनुरोध गर्ने निर्णय गरिएको न्यूज अफ टोखालाई डंगोलले जानकारी दिए ।
२ र ३ वडाका अध्यक्ष द्वय दिपकराज जोशी र सिंहराज श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त बैठकबाट आजदेखि आआफ्नो टोल सडक चोक आफुलाई पायक पर्ने स्थानहरुबाट सुरुवाटी स्वयं सेवक परिचालन गर्ने र वडा कार्यालयबाट आवश्यक समन्वयनकारी भूमीका निर्वाह गर्ने निर्णय गरिएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
५ माघ २०७७, सोमबार १६:३७
५ माघ २०७७, सोमबार १६:२६
५ माघ २०७७, सोमबार १६:२२
५ माघ २०७७, सोमबार १६:१९
५ माघ २०७७, सोमबार १६:१४
५ माघ २०७७, सोमबार १०:४३
२९ पुष २०७७, बुधबार २२:४६
२९ पुष २०७७, बुधबार २२:३५
२९ पुष २०७७, बुधबार २२:२७
२९ पुष २०७७, बुधबार २२:२३