नेकपा टोखा नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न
११ माघ २०७७, आईतवार १४:२५
टोखा । कोरोना संक्रमित बढेसँगै टोखा नगरपालिकाले सम्भावित जोखिम कम गर्न नगरस्तरीय आइसोलेसन कक्ष तयार गर्ने गृहकार्य सुरु गरेको छ ।
कार्यपालिकाको बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय गरिएको थियो । उक्त बैठकको निर्णय अनुसार नै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र भवनलाई आइसोलेसन कक्ष बनाउने तयारी थालेको नगरका उप प्रमुख ज्ञानमाया डंगोलले न्यूज अफ टोखालाई जानकारी दिइन ।
उपप्रमुख डंगोलले न्यूज अफ टोखासँग भनिन्, ‘कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार टोखा चण्डेश्वरी प्राथमिक केन्द्रमा तत्कालका लागि १७ आसोलेशन बेड बनाइएको छ । आवश्यक परे भेन्टिलेटर समेतको व्यवस्था गरिनेछ । संक्रमितको संख्या बढेसँगै सोही प्राथमिक केन्द्रमा आइसोलेशन विस्तार गरेर १०० बेड पुर्याउने तयारी भैरहेको छ ।’
कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि नगरपालिकाका वडाहरुमा रहेका सामुदायिक भवनहरु प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन समेत गरिरहेको छ ।
कार्यपालिकाको बैठकबाट नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको थियो ।
कोरोना संक्रमित बढेसँगै टोखा नगरपालिकाले आसोलेसनका लागि स्वास्थ्य केन्द्रको भवन प्रयोग गर्ने भएपछि उक्त स्वास्थ्य केन्द्रबाट दिदै आएको स्वास्थ्य सेवा भने हालका लागि २ वडाको कार्यालय भवन परिसरमा रहेको पुरानो इमरजेन्सी भवनबाट दिईने भएको छ । केही समयका लागि २ वडा कार्यालयको भवनबाट स्वास्थ्य सेवा दिइने २ वडा कार्यालयका तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दिपक राज जोशीले जानकारी दिए ।
आसोलेसन कक्ष बनाएसँगै सो स्वास्थ्य केन्द्रबाट दिदै आइरहेको प्रसुती सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिने भएको छ । उक्त स्वस्थ्य केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका गर्भवती महिलाहरु प्रसुतीका लागि आएमा स्वास्थ्य केन्द्रको समन्वयमा नजिकको अस्पतालमा रिफर गरिने उप प्रमुख डंगोलले बताइन ।
उक्त नव निर्मित आसोलेसन कक्ष शनिवार दिउँसो ३ बजे उद्घाटन गरिने बुझिएको छ ।
टोखा नगरपालिकामा दिनहुँ संक्रमितको संख्या तिव्ररुपमा बढ्दै गएको छ । शुक्रबार मात्रै टोखा नगरपालिकामा १२ जना संक्रमित थपिएका छन् । योसँगै टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । हाल सक्रिय संक्रमित ६६ जना रहेको नगर स्वास्थ्य शाखाका प्रमुख रणलाल कुलालले बताए ।
शुक्रबार थपिएका संक्रमितहरुमा ३ वडामा २, ५ वडामा १, ६ वडामा १, ९ वडामा १, १० वडामा ४, ११ मा १ जना रहेका छन् भने २ जना सम्पर्क विहिन रहेको शाखाले जनाएको छ ।
उपत्यकालगायत देशभरमै संक्रमतिको संख्या बढेसँगै आसोलेसन बेडको आभाव हुन थालेको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
११ माघ २०७७, आईतवार १४:२५
१० माघ २०७७, शनिबार २०:२३
१० माघ २०७७, शनिबार १४:११
१० माघ २०७७, शनिबार १०:५४
९ माघ २०७७, शुक्रबार २२:२५
९ माघ २०७७, शुक्रबार १९:२३
९ माघ २०७७, शुक्रबार १९:०५
९ माघ २०७७, शुक्रबार १८:४८
९ माघ २०७७, शुक्रबार १८:२८
९ माघ २०७७, शुक्रबार १८:२०